काठमाण्डाैबाट लुक्लाका लागि उडेकाे तारा एअरकाे जहाजकाे झ्याल खस्याे
काठमाडाैं | मंसिर २४, २०८०
फाइल तस्बिर
सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एअरको जहाजको झ्यालको सिसा खसेको छ । आज आइतवार काठमाण्डौबाट कार्गो सामान लिएर तेन्जिङ हिलारी विमानस्थल लुक्लाका लागि उडेको ९ एन एलओ कलसाइन भएको जहाजको दायाँ भागको सिसा आकाशबाट जमिनमा खसेको हो ।
जहाज पूरै कार्गो सामानले भरिएकाले भित्रबाट सामानको चापले सिसा निस्किएको हुन सक्ने तारा एअर लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पाइलट अमित गुरुङ र कोपाइलट अल्फा लिमा श्रेष्ठले उडाएको जहाजमा चालक दलका ३ सदस्यमात्रै रहेका थिए ।
जहाज बिहान १० बजेर १ मिनेटमा लुक्ला विमानस्थलमा अवतरण भएको तारा एयरले जनाएको छ । जहाज अहिले लुक्लामै रहेको र मर्मतपछि केही दिनमा काठमाण्डौ फर्किने तारा एअरले जनाएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

